काठमाडौ :-  सुनसरी रामधुनी गाउँ पालिका घर भई हाल काठमाडौँ नयाँ बस्ती बस्ने २० वर्षीया युनिशा भनिने स्वस्तिका श्रेष्ठ लाई प ‘क्रा’ उ गरिएको काठमाडौँ उपत्यका अ’ पराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आरोपी श्रेष्ठले अस्ट्रेलियामा रहेको आफ्नै केटी साथीको नाममा फेक अकाउन्ट खोली केटा साथीहरूलाई विभिन्न बहाना बनाउँदै आर्थिक ठगी गर्दै आएकी थिइन् ।

त्यस्तै उनले ती अकाउन्टहरूबाट साथीको फोटो तथा स्ट्याटसहरू पनि अपलोड गर्ने गर्थिन् ।केटा साथीहरूलाई मेसेन्जरमार्फत विभिन्न बर बहाना बनाई समस्या देखाई

निजहरूलाई केही समयका लागी आफ्नो बैक तथा ईसेवा वालेटहरूमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा समेत संलग्न रहेको भन्ने ब्यहोराको

जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएको हुँदा उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै उनी पक्राउ परेकी हुन्,’ कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

विद्युतीय कारोबार कसुर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारबाहीको लागी आरोपी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी पठाइएको छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार