अष्ट्रेलिया :-  अष्ट्रेलिया अहिले नेपालीहरुका लागि गन्तव्य मुलुक भएको छ। अष्ट्रेलिया आएर PR पाउनु धेरै नेपालीको लागि अहिले एउटा सपना हो। अष्ट्रेलियामा PR भनेको के हो र यसका फाइदा के-के हुन् ? आउनुहोस् जानौं :

पीआर भनेको के हो ?

अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्न पाउने भिसालाई पीआर (Permanent Residency ) भनिन्छ। तर यो नागरिकता भने होइन।

पीआर प्राप्त गरिसकेपछि

तपाईं अष्ट्रेलियाको कुनै पनि स्टेटमा बस्न र काम गर्न सक्नुहुनेछ।
तपाईंको परिवार तपाईंसंगै बस्न पाउँछन्।

तपाईंका बच्चाहरुले निश्चित उमेरसम्म नि :शुल्क शिक्षा प्राप्त गर्न सक्छन्।
तपाईंले आफ्ना नजिकका आफन्तहरुलाई पिआर पाउनका लागि मद्दत गर्न सक्नुहुन्छ।

तपाईं र तपाईंको परिवारले सजिलैसंग काम पाउनुको साथै स्वास्थ्य सेवा सम्बन्धि सेवाहरु पाउन सक्नुहुन्छ।
अष्ट्रेलियाको नागरिकता प्राप्त गर्नका लागि बाटो बन्छ।

उच्च शिक्षाका लागि एजुकेसनल लोन पनि पाउन सक्नुहुन्छ।
सरकारी जागिरको लागि आवेदन दिन सक्नुहुन्छ।

न्युजिल्याण्ड जान एवं त्यहाँको भिसाको लागि पनि आवेदन भर्नसक्नुहुन्छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार