अष्ट्रेलिया :-  अस्ट्रेलियाको राजधानी क्यानबेरामा एक ५० वर्षे महिला माथि अस्ट्रेलियन क्यापिटल टेरिट्री (एसीटी) प्रहरीले मु’  द्दा चलाएको छ।

आफ्नी २ वर्षीया नातिनी लाई कथित रूपमा बारम्बार यौ’ ‘न दुर्व्यवहार र त्यसको भिडियो टिकटकमा अपलोड गरेको आरोपमा ती विदेशी महिला लाई एसीटी प्रहरीले गत आइतबार, ६ फेब्रुअरीमा पक्राउ गरेर उनी विरुद्ध एसीटी म्याजिस्ट्रेट्स कोर्टमा मुद्दा चलाएको हो।

उनीमाथि १० वर्ष मुनिका बालबालिका विरुद्ध अभद्र व्यवहार, बाल शोषण सामग्री उत्पादन गर्न बच्चाको प्रयोग गरेको र बाल दुर्व्य वहार सामग्रीका लागि ढुवानी सेवा प्रयोग गरेको अभियोग लगाइएको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिहरूले अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसन (एसीसीसीइ) भनिने बाल शोषण विरुद्ध लड्न स्थापित एक अस्ट्रेलियाली निकाय लाई २७ ज्यानुअरीमा सो सामाग्री अपलोड भएको बारे सूचित गरेका थिए।

अस्ट्रेलियाली सङ्घीय प्रहरीको बाल सुरक्षा प्रतिक्रिया इकाई लाई दिएको सुराकीका आधारमा उनलाई पक्रा ‘ऊ गरिएको थियो।

एसीटी म्याजिस्ट्रेट्स कोर्टमा ७ फेब्रुअरी, सोमवार उपस्थित गराइएकी हजुरआमा विरुद्धको मुद्दाको सुनुवाइ २८ फेब्रुअरी, मङ्गलवारका लागि तोकिएको छ।

क्यानबेरा स्थित नेपाली समुदायका केही अगुवाहरूले एसबीएस नेपाली सँग कुरा गर्दै ती महिला नेपाल बाट आफन्तजन भेट्न अस्ट्रेलिया आएको पुष्टि गरेका छन्।

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एसीटी) संयोजक अशोक बस्नेतले आफूहरू लगातार रूपमा परिवारको सम्पर्कमा रहिरहेको र उत्पन्न परिस्थितिका कारण उनीहरूले निकै त नाव झेलिरहेको जानकारी दिए।

यस्तै प्रतिक्रिया क्यानबेरा नेपाली समुदायका नेता आदर्श जङ्ग पाण्डे तथा अस्ट्रेलियामा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्काका अध्यक्ष डा कृष्ण हमालको पनि छ।

तर, हाल अदालतमा मुद्दा विचाराधीन रहेकाले थप प्रतिक्रिया दिनभने उनीहरू सबैले असमर्थता प्रकट गरे।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार