एजेन्सी । अब गर्मी आउन धेरै समय छैन नेपालको कतिपय ठाउँमा त गर्मी शुरु भैसकेको छ । गर्मी लाग्दा लाग्दै घरमा कमिला, भुसुना, जस्ता किराहरु आउन थाल्छन् ।

वास्तुशास्त्र लाई कतिपयले मान्नुहुन्छ भने कतिपयले मान्नुहुन्न । वास्तुअनुसार कमिलाको ताँती घरमा आयो भने यसका शुभ अशुभ संकेतहरु हुन्छन् । आउनुहोस् जानौं कमिलाको ताँती घरमा आउँदा कस्तो फल प्राप्त हुन्छ वा नोक्सान हुन्छ ।

घरमा हुँदैछ केही शुभ कार्य

यदी तपाईंको घरको कुनै भित्तामा कमिलाको ताँती माथितिर गइरहेको देखिएको छ भने यसको अर्थ हुन्छ घरमा केही शुभ घटना घट्दैछ । अथवा, कुनै समृद्धि हासिल हुँदैछ । त्यहीँ यदी कमिलाको ताँती तलतिर गइरहेको छ भने यो अशुभ मानिन्छ ।

काला कमिला हुन्छन् सुखका संकेत

अत्यधिक मात्रामा घरमा काला कमिला नै देखिन्छन् । यो घरमा सुख एवं धन आउने संकेत हो । केयौं घरमा यसलाई शुभ मानेर कमिलालाई चिनी, पिटो आदि पनि दिने गरिन्छ ।

राता कमिलाबाट सावधान

घरमा राता कमिला देखिनु भनेको कुनै अशुभ घटना घट्ने संकेत हो । यसले आउँदै गरेको समस्या, वादविवाद, आर्थिक समस्यालाई दर्शाउँछ । तर तिनै राता कमिला मुखमा अण्डा लिएर हिँडेको देखियो भने यसलाई शुभ मानिन्छ ।

चामलका भाँडामा कमिला

यदी तपाईंको घरमा चामल राख्ने भाँडोबाट कमिला निस्किरहेको देख्नुभयो भने यो तपाईंको घरका लागि एकदमै राम्रो संकेत मानिन्छ । यसको अर्थ हुन्छ तपाईंको घरमा धन आउँदैछ । साथै घर अन्नले भरिपूर्ण रहने तथा आर्थिक समस्या नआउने भनेर बुझिन्छ ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार