
अष्ट्रेलिया :- अष्ट्रेलियामा “ग्राजुएसन” सकि सके पछि काम पाउन सजिलो हुन्छ । तर त्यसको लागि विद्यार्थीमा पढाई बाहेक अतिरिक्त क्षमता पनि आवश्यक पर्छ । यी ज्ञान वा क्षमताले काम पाउन निकै सहयोग गर्छन् ।
१ . कम्पनिको बारेमा, उसले ओगटेको बजार र उसका प्रतिस्पर्धीहरु, कम्पनीले बेच्ने वस्तु तथा सेवा र गुणस्तर आदिको बारेमा राम्रो जानकारी लिएर मात्र उक्त कम्पनीमा कामको लागि निवेदन दिनुपर्छ ।
२ . आफूमा संचारको क्षमता हुनु आवश्यक छ । भाषाको ज्ञान, बोलेर र नबोलीकनै पनि संचार गर्ने र मानिसहरुसंग सम्बन्ध बनाउन सक्ने क्षमता हुनु आवश्यक छ ।
३ . अनुशासनलाई महत्त्व दिनुपर्छ । टिममा रहेर काम गर्दा सबै संग राम्रो व्यवहार गर्नुपर्छ । आफ्नो कारणले टिमको अरु कुनै सदस्यलाई अप्ठ्यारो नहोस् भन्ने कुराको हेक्का राख्नुपर्छ ।
४ . कामको अनुभव नहुँदा अलमलमा पर्न सकिन्छ । त्यसैले अरुको राम्रो काम र राम्रो प्रस्तुतिकरणबाट आफूले केही सिक्ने प्रयत्न गरिरहनुपर्छ ।
५ . कुनै पनि समस्यालाई नहडबडाई समाधान गर्नतिर लाग्नुपर्छ । समस्या उत्पन्न भएको कारण, त्यसले पुर्याउन सक्ने असर, समाधानको लागि अपनाउन सकिने उपायहरुको राम्रो संग विश्लेषण गर्नुपर्छ ।
६ . आफूले काम गर्नको लागि जाँदै गरेको कम्पनि, त्यहाँ काम गर्ने कामदारहरु, गर्नु पर्ने काम र कामको वातावरण बारेमा बिश्वस्त हुनुहोस् । यदि त्यसो गर्नुभयो भने तपाईंमा आत्मविश्वास जाग्छ ।
७ . कामको भार थेग्न सक्षम छु भन्ने भएर मात्र काममा जानुहोस् । समय व्यवस्थापन गरेर काम गर्न सिक्नुहोस् । यदि कामको भारलाई र समयलाई व्यवस्थापन गर्न सक्नुभएन भने तपाईंमा निराशा पैदा हुन सक्छ ।
८ . सकारात्मक सोंचको विकास गर्नुहोस् । कामलाई झन्झट र बाध्यताको रुपमा नलिएर आफ्नो सिकाई र व्यक्तित्व विकासको प्रक्रियाको रुपमा लिनुहोस् ।