काठमाडौं :-  नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लोदिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस गिरावटसँगै नेपाली बजारमा सुन माघ महिनाकै सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य पुष २८ गते अर्थात २९ दिन यताकै सस्तो हो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार