
काठमाडौ :- प्रेमी प्रेमिकाको महिना सुरु भएको छ अर्थात फेब्रुअरी महिना सुरु भएको छ। यो महिनामा प्रेम गर्ने जोडीले आफ्नो साँचो माया पाउन विभिन्न उपाय अपनाउने गर्छन्।
भनिन्छ की साँचो प्रेमले मानिसको जीवनलाई सुखी बनाउँछ। हरेक वर्ष १४ फेब्रुअरी प्रेम गर्ने हरुको लागि निकै प्रिय हुन्छ। किनभने यो दिन प्रेम दिवस मनाइन्छ। प्रेम दिवसमा मानिसहरुको आफ्नो प्रेमको साथ दिन बिताउने गर्दछन्।
ज्योतिष शास्त्र अनुसार सय पोस्ट मार्फत प्रेम दिवसको दिनमा कुन राशिका व्यक्तिले साँचो प्रेम पाउन सक्छौँ भन्ने जानकारी दिनेछौँ। वास्तवमा ज्योतिष शास्त्रका अनुसार प्रेम दिवस निश्चित राशिका मानिसहरुका लागि शुभ रहनेछ। यी राशिका व्यक्तिले साँचो प्रेम प्रेम दिवसको दिनमा भेट्न सक्छन्।
मेष राशि
यो वर्षको प्रेम दिवस मेष राशिका व्यक्तिलाई निकै महत्त्वपूर्ण रहनेछ । यस दिन मेष राशिका व्यक्तिहरूको लागि प्रेमको नयाँ सुरुवात हुनेछ। दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिलाई यस वर्षको प्रेम दिवस आश्चर्यले भरिनेछ। मन परेको व्यक्ति जीवनसाथीको रूपमा प्राप्त हुने सम्भावना छ। यस दिन कसैलाई प्रेम प्रस्ताव गर्नुभयो भने उनको पूर्ण साथ मिल्नेछ।
कन्या राशि
यस वर्षको प्रेम दिवसमा कन्या राशिका व्यक्तिको जीवनमा नयाँ व्यक्तिको प्रवेश हुन सक्छ। यसका साथै यस राशिका मानिसले प्रेम दिवसको दिनमा आफ्नो जीवन खुसीले बनाउन सफल हुनेछन्।
तुला राशि
तुला राशिका व्यक्तिलाई प्रेम दिवस निकै रमाइलो दिन रहनेछ। प्रेमी–प्रेमिकाबिचको सम्बन्धमा सुधार आउनेछ। यो राशिका मानिसहरुले मन परेको व्यक्तिको माया पाउन सक्छन्।