अष्ट्रेलिया:-  अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा “शार्क” को आ क्र मणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृ ‘त्यु भएको छ। पर्थको

फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि गम्भीर उहाँ घाइते भएको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषित गरिएको फ्रेमेन्टल जिल्लाका प्रहरी निरीक्षक पल रोबिन्सनले बताए।

शार्कको आक्रमणमा पर्दा किशोरी नदीमा साथीहरूसँग पोडी खेलिरहेको बुझिएको छ।तिनीहरू जेट स्कीमा थिए। सम्भवतः नजिकै डल्फिनको

एक समूह देखिएको थियो र किशोरी पोथी डल्फिनको नजिकै पौडी खेल्न हामफालेकी र सोही समय शार्कको आक्रमणमा परेकी थिइन्। नदीको त्यस भागमा शार्क फेला पर्नु असामान्य भएको मत्स्य विज्ञहरूले सुझाव दिएको रबिन्सनले बताए।

यो पनि पढ्नुहोस :- अष्ट्रेलियाको मेलबर्न स्थित बौद्ध मन्दिरमा आगलागी

अष्ट्रेलिया :-  अष्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ।आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रक हरु घ टना स्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन्।

फायर रेस्क्यु भिक्टोरिया (एफआरभी) का कर्मचारीहरू लाई मेलबर्नको दक्षिण पूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा स्थानीय समय अनुसार राति १०ः३५ बजे आगो लाई नियन्त्रणमा लिइएको एफ आरभीले जनाएको छ।

बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न, तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिरहेका छन्।

फोस्टरका अनुसार पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको थियो।

ब्राइट मून बौद्ध समाजसँग सम्बन्धित यो मन्दिर सन् १९९१ मा जग्गा किनेर हालको हल र प्रार्थना स्थलमा परिणत गरिएको थियो। उक्त स्थल हाल स्थानीय बौद्ध समुदायका लागि प्रसिद्ध पूजास्थल बनेको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार