अष्ट्रेलिया :-  विदेशमा आएपछि जोसुकै होस् काम नगरि सुखै छैन । अझ अष्ट्रेलिया जस्तो मुलुकका लागि त काम पहिलो शर्त हो । तर काम नगरि सुखै नहुने अष्ट्रेलियामा भनेजस्तो काम पाउँन भने मुस्किल छ । गरिरहेको काम केही गरि छुट्यो भने फेरि अर्को काम पाउँन निकै ठूलो पापड पेल्नपरेको अनुभव प्राय धेरैसँग होला ।

तर केही स साना कुराहरुमा ध्यान दिन सकियो भने अष्ट्रेलियामा सजिलै काम पाउँन सकिने अनुभवी जानकारहरु बताउँछन् । मूलतः अष्ट्रेलियामा काम गर्न चाहने प्रवासीहरुमा म जस्तो काम पाए पनि गर्छु भन्ने भावना राख्न जरुरी छ ।

किनभने यहाँ सबै काम समान छन् । किननभे सबैजना कामका लागि काम गर्दछन् ।रोजागर परामर्शदाताहरुका अनुसार अष्ट्रेलियामा काम खोज्नेले गर्नपर्ने र गर्ननहुने कुराहरु यस प्रकार छन् –

गर्नपर्ने कुराहरु:

# विभिन्न रोजगारदाता अनलाइन वेवसाइटहरु भिजिट गरिरहने । किनभने यस्ता वेवसाइटहरुमा कम्पनीहरुले कामदार आवश्यकता सम्बन्धी सूचनाहरु संप्रेषण गर्ने गर्दछन् ।

# कुनै काम र पदका लागि आवेदन दिनुअघि तपाई त्यसका लागि योग्य उम्मेदवार हो कि होइन,राम्रोसँग विचार गर्नुहोला । जस्तो शैक्षिक योग्यता,वस्ने ठाउँ,भिसाको प्रकार र अवस्था आदि । किनभने रोजगारदाताले हरेक विदेशी कामदारसँग शुरुमा गर्ने प्रश्नै यिनै हुन् ।

# विज्ञापन गरिएको पहिलो हप्तादेखि १२ हप्ताभित्रका कामका लागि मात्र निवेदन दिनुहोला ।

#कभर लेटर सहित आफ्नो पछिल्लो विवरण सहितको सिभी मात्र पठाउँनुहोला ।

#कभर लेटर लेख्दा अष्ट्रेलियन शैली नै अपनाउँनुहोला । छोटो तर प्रष्ट लेखन अष्ट्रेलियाको आफ्नो शैली हो । तर कभर लेटर लेख्दा आफ्नो भिसाको अवस्थाबारे खुलाउँन नभुल्नुहोला ।

#आफ्नो अष्ट्रेलियन पोष्टल ठेगाना,मोबाइल नम्बर र इमेल ठेगाना सीभीमा उल्लेख गर्न नभुल्नुहोला ।
#रोजगारदातालाई तपाई स्काइप वेभक्याम अथवा प्रत्यक्ष अन्तवार्ताका लागि तयार हुनुहुन्छ भन्ने कुरा बताउँन नविर्सनुहोस् ।

# र, अन्तवार्ताका समयमा सकरात्मक प्रभाव पार्ने कोशीस अवश्य गर्नुहोला । तपाईको व्यक्तित्व,दक्षता,भिसाको प्रतिलिपी जस्ता कुराहरुले रोजगारदाता प्रभावित हुन सक्छन् ।

गर्न नहुने कुराहरु :

# १ देखि १२ हप्ता भित्रका बाहेक अन्य भ्याकेन्सीहरुमा आवेदन दिदै नदिनुहोला । किनभने यसपछि आएका आवेदनहरुमा रोजगारदाताहरु अनिच्छुक हुन सक्छन् ।

# सबै काम घरमा गरेजस्तो हुन्छन् भन्ने नसोच्नुहोला । कुनै पनि काम गर्दा परिस्थितिलाई बुझेर बलियो इच्छाशक्तिका साथ सहज रुपमा गर्नुपर्छ ।

# तपाईले आफ्नो देशमा जे गर्नुहुन्छ,त्यही स्तरको काम नखोज्नुहोला । किनभने अष्ट्रेलियाको स्थानीय ज्ञान र अनुभव नहुँदा तपाईले त्यो स्तरको काम शुरुमै नपाउँन सक्नुहुन्छ । यसका लागि कम्तीमा एक वर्ष धैयै गर्नुहोला ।

# धेरै तलवको आशा पनि नगर्नुहोला । किनभने अष्ट्रेलियामा हरेक कामको श्रेणी अनुसार निश्चित तलव दिइन्छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार