
अष्ट्रेलिया :- पोखरा समाज अष्ट्रेलियाको पहलमा अष्ट्रेलियामा ज्यान गुमाएका ४१ वर्षीया राजु गोदारको अन्त्येष्टिका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ ।
१५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गो फण्डमी अभियानमा जोडिएर सहयोग गर्न अष्ट्रेलियाको नेपाली समूदाय, साथीहरूलाई अपिल गरिएको छ ।
यसरी संकलन गरिएको सहयोग रकम नेपालमा रहेका परिवारलाई र साना बच्चाहरुको शिक्षाका लागि समेत उपलब्ध गराईने बताइएको छ । गोफण्ड मी अभियानबाट संकलित रकमको मुख्य उद्देश्य दाहसंस्कार गर्नुरहेको पोखरा समाज अष्ट्रेलियाले जानकारि दिएको छ ।
तपाई पनि एउटा नेपालीको पीडामा सहयोग गरेर साथ दिन चाहानुहुन्छ भने यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ ।
यस्तो थियो गोदार मृत्युको घटनाक्रम
गोदार गत वर्ष नोभेम्बर १८ तारिखमा सिड्नीको स्टारफिल्डमा अचेत अवस्थामा भेटिएका थिए । प्यारामेडिक्सहरुले घटनास्थलमा पुगेर प्रारम्भिक उपचार गर्दागर्दै निधन भएको थियो ।
करिब ४ महिनासम्म आफन्त सम्पर्कमा नआएपछि शव अलपत्र परेको थियो । केही समय अघि मात्रै क्यानवेरास्थित नेपाली दूताबासको पहलमा पोखरामा रहेका आफन्तहरु सम्पर्कमा आएका छन् ।
९ वर्ष अघि अष्ट्रेलिया आएका भाई केही महिनाअघिदेखी आफन्तको सम्पर्कबाट टाढा रहेको मृतकका दाईले नेपाल ट्युबलाई जानकारि दिनुभएको छ ।