काठमाडौ :-  झन्डै एक वर्षदेखि अभिनेता पल शाहले एक घटनाका कारण जेल जीवन विताइरहेका छन् । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना जेल सजाय सुनाएको छ भने तनहुँ जिल्ला अदालतले निर्दोष ठहर गरेको छ ।

अब उच्च अदालतले निर्दोष ठहर गरे वा धरौटीमा छाड्न आदेश दिएको खण्डमा पल जेलबाट रिहा हुनेछन् । यतिबेला उनी उच्च अदालतको आदेश पर्खिरहेका छन् ।

पल प्रहरीसमक्ष उपस्थित हुँदा उनको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भैरहेको थियो । त्यसबेला अभिनेत्री पूजा शर्माले पलको नाममा राम्रै आँसु बगाइन् ।

नाबालिगको चरित्रमाथि प्रश्न उठाउँदै उनले पललाई निर्दोष देखाउन पनि कुनै कसर छाडिनन् । पललाई भेट्न उनी बाक्लै कारागार पनि पुगिरहेकी हुन्छिन् ।

उनले पल विना आफूलाई नरमाइलो लागिरहेको बताएकी छन् ।फिल्म ‘मनसँग मन’को एक लोकलयको गीतमा पलसँग नृत्य गरेकी उनले शुक्रबार फिल्म हेरेपछि गीत छायांकनको बेलाको याद आएको बताइन् ।

उसलाई देख्ने वितिक्कै उम्मा गरिहालेँ । आफ्नो साथीभाई सँगै नहुँदा नरमाइलो लागिहाल्छ नि । यो फिल्म पनि हामी एकसाथ हेर्थ्यौं होला,’ उनी भन्छिन्,

पल आलु हो, जोसँग पनि मिल्ने, जोसँग पनि सहज हुने र जसले पनि अपनाउन सक्ने ।’कलाकारमा हुनुपर्ने गुण पलमा रहेको बताउँदै उनले पल जस्तो कलाकार पाउन गाह्रो रहेको जिकिर गरिन् ।

पल विना आफूलाई इन्डस्ट्री नै खल्लो लागेको र कति ठाउँमा जान आफैंलाई मन नलाग्ने उनको भनाई थियो । तर, बोल्दै गर्दा उनको मुखबाट शाहरुख खानको नाम फुत्कियो ।

आखिर शाहरुखको फ्यान न परिन् । तर, उनले पललाई देख्दा शाहरुख नै लाग्ने भन्दै कुरा बङ्ग्याइन् ।फिल्म पठान रिलिजको खुसीमा हलमा केक काटेको घटनाले आलोचित बनेकी उनले शाहरुख आफूले मान्ने भगवान रहेको समेत बताएकी छन् ।

उहाँलाई नै हेरेर म फिल्ममा आउँछु भन्ने निर्णय गरेको थिएँ,’ उनी भन्छिन्, ‘म उहाँलाई नै समर्पित गरेर आफ्नो फिल्मको पोस्टरदेखि अन्य कुरा आउट गर्छु । किनकि, मैले मान्ने भगवान् उहाँ हो । अरुले मान्नु पर्छ भन्ने पनि मलाई लाग्दैन ।’

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार