अष्ट्रेलिया :-  जब  अस्ट्रेलियाको भिसा  लाग्यो मनले त्यसै त्यसै आकाश छुन थाल्यो । जिन्दगीमा कहिल्यै नपाउँने कुरा पाए झैं लाग्थ्यो । मुहारमा छुट्टै खुशी र कान्ति छाएको थियो । भीसा पाएको दिन साथी भाइ लाई जम्मा पारेर रेष्टुराँमा खुब रमाइलो गरियो ।

हेर्दा हेर्दै उड्ने दिन पनि आयो । राति १०ः३० बजेको फ्लाइट थियो । त्यसभन्दा केही समय पहिले नै एयरपोर्ट छिरिसक्नुपर्ने थियो । सबैजनालाई अन्तिम विदाइ गरियो । मन सम्हाल्न गाह्रो भैरहेको थियो ।एयरपोर्टको लिफ्ट पनि माथि चढ्नका लागि मात्र रहेछ,तल झर्ने कुनै लिफ्ट देखिनँ ।

लाग्यो यसमा चढिसकेपछि अब फर्केर फेरि यो भूमिमा टेक्न पाउँदिनँ । जसोतसो मन सम्हालेर लिफ्टमा चढें । सोंचे मेरो जिन्दगीको वास्तविक यात्राको त्यही पहिलो पाइला थियो । प्लेनको ढोका खुल्यो,लाग्यो त्यो मेरो भविष्यको ढोका थियो ।निर्धारित समयमा प्लेन उड्यो ।

मनमा छुट्टै खुशी र उत्साह त थियो तर त्यही मनको एउटा कुनामा नेपाल पनि रहेछ । साँच्चिकै भन्नुपर्दा प्लेनको ढोकाबाट छिरेपछि पहिले देशको माया लाग्दो रहेछ अनि मात्र परिवार र आफन्तहरुको यादले सताउँने रहेछ । देशभित्र रहँदा घृणा गर्ने त्यही देशको माया अचाक्ली लागेर आउँने रहेछ ।

धन्य राष्ट्र र यो राष्ट्रियता भन्ने कुरा ।साँच्चिकै भन्नुपर्दा प्लेनको ढोकाबाट छिरेपछि पहिले देशको माया लाग्दो रहेछ अनि मात्र परिवार र आफन्तहरुको यादले सताउँने रहेछ । देशभित्र रहँदा घृणा गर्ने त्यही देशको माया अचाक्ली लागेर आउँने रहेछ ।लगातर २ दिन उडेपछि बल्ल अष्ट्रेलियाको मेलबर्न आइपुगें । एयरपोर्टमा ओर्लने वित्तिकै विदेशको वैभव देख्न पाएँ ।

लाग्यो वाह यतिकै नेपालीहरु विदेश जान मरिहत्ते गरेका होइन रहेछन् ।ट्याक्सी हेरें माज्दा,लिमोजिन,ल्याम्बर्गहिनी जस्ता एकसेएक ब्राण्डेड थिए । सोंचे यस्तो देशमा आएपछि अब खुब मस्ती हुनेछ । अझ अचम्म त त्यतिबेला लाग्यो जब मैले ट्याक्सी ड्राइभरलाई ठेगाना लेखेको चिट दिएर यो ठेगानामा पुर्याइदिनुस् भनें ।

उसले मलाई त्यो ठेगानामा पुर्याएर यो ढोकाबाट छिर्नुस् सम्म भन्न भ्याए । योभन्दा सिस्टमको नमूना अरु के चाहियो र ?यसरी उदेक र नौलो मान्दै वित्यो मेरो अष्ट्रेलियाको पहिलो रात ।दाइहरुसँग भेट भयो,कामको कुनै टेन्सन थिएन । त्यसैले खुब घुमियो र हेरियो मेलबर्न शहर ।

अब भने विस्तारै कामको कुरा आउन थाल्यो । हरेक सुविधा,सिस्टम पैसा विना नचल्ने यो देशमा काम नगरि कहाँ सुख पाउँनु ? तर के काम गर्ने ? थाहा थिएन,केही मेसो पाइनँ ।किचेनतिर छिरें । यहाँ अगाडि आएका नेपालीहरुले किचेनमा राम्रै गुडविल बनाएका रहेछन् ।

त्यसैले किचेन लाइनमा नेपाली भन्ने वित्तिकै जसले पनि काम सजिलै दिइहाल्ने रहेछ । नेपालीहरु त्यति धेरै विश्वासपात्र रहेछन् भनेर आफैं दंग परें ।यहाँ अगाडि आएका नेपालीहरुले किचेनमा राम्रै गुडविल बनाएका रहेछन् । त्यसैले किचेन लाइनमा नेपाली भन्ने वित्तिकै जसले पनि काम सजिलै दिइहाल्ने रहेछ ।

किचेनको काम पनि सजिलो कहाँ हुँदो रहेछ र नेपालीलाई । शुरुमा त धनियाँलाई कोरियन्डर अनि भातलाई राइसितो भन्छ भनेर सम्म थाहा थिएन । त्यसैले काम गर्न गाहै भयो ।घरमा आमाले एक पोटी प्याज काटेर सघाइ माग्दा नटेरेको मान्छे अष्ट्रेलिया आएर एक घण्टामै एक बोरा प्याज काट्नुपर्यो ।

शुरु शुरुमा भएर काम गर्न जानेको थिएन,गाली खाइन्थ्यो । फेरि घण्टाको हिसावले पैसा दिने भएर होला काम खुब छिटो गर्नुपथ्र्यो,मेशीनले जत्तिकै छिटो हुनुपर्छ भन्थे ।घरमा आमाले एक पोटी प्याज काटेर सघाइ माग्दा नटेरेको मान्छे अष्ट्रेलिया आएर एक घण्टामै एक बोरा प्याज काट्नुपर्यो ।

शुरु शुरुमा भएर काम गर्न जानेको थिएन,गाली खाइन्थ्यो ।हरेक कुरा मान्छेले परे पछि गर्ने रहेछ र गरेपछि सिकिने पनि रहेछ । विस्तारै काम सिकेर जान्ने भएँ । काम गर्ने बानी भएर होला शरीरको थकान कम महसुस हुन थाल्यो । किचेनमा सेफले पकाएको हेरेर विस्तारै आफूले पनि परिकारहरु बनाउन सिक्दै गएँ ।

र, अहिले फिट्चरोयमा सेफको रुपमा कार्यरत छु ।यसबीचमा मैले सिकें सबैले खोज्ने सुख उनीहरुले भोग्ने दुखपछि आउँदो रहेछ । त्यसैले सुख पाउँनु छ भने दुखको सामना गरेर अघि बढ्नुपर्ने रहेछ । हामी सुख खोज्न अष्ट्रेलिया,जापान वा अमेरिका भन्दै बरालिन्छौं । तर जहाँ गए पनि आफैंले गर्नुपर्ने हो ।

किनभने अष्ट्रेलिया होस् या अमेरिका कसैले कसैलाई पाल्दैन । अर्को कुरा काम कहिले पनि सानो ठूलो नहुने रहेछ । सबै कामको आ आफ्नै महत्व उत्तिकै हुनेरहेछ ।हामी नेपालमा हुँदा विदेश जान हतारिन्छौं । तर विदेशमा पाइला टेकेको पहिलो दिनमै पछारिन्छौं ।

किनकि देखेको जस्तो हुँदै हुँदैन विदेश,भोगेपछि बल्ल थाहा हुन्छ । विदेश आएपछि कति रात अनिदो बस्नुपर्छ,खाना र निन्द्रको वास्तविक स्वाद कस्तो हुन्छ ? सब थाहा हुँदै जान्छ । मान्छेले त्यही खानाका लागि श्रम गर्छन् तर त्यही खाना खाने फुर्सदसम्म पाउँदैनन् यो विदेशमा ।नेपालमा हुँदा विदेश जान हतारिन्छौं ।

तर विदेशमा पाइला टेकेको पहिलो दिनमै पछारिन्छौं । किनकि देखेको जस्तो हुँदै हुँदैन विदेश,भोगेपछि बल्ल थाहा हुन्छ ।तर विदेशमा खाइने यस्ता ठक्करहरुलाई च्यालेञ्ज मानेर अगाडि बढ्न सकियो भने जीवनमा केही गर्न सकिन्छ र विदेश आएको पनि सार्थक बन्छ । किनकि डरको अगाडि जित छ । अनि जो लड्छ,उसैले जित्छ पनि ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार