अष्ट्रेलिया :-  अष्ट्रेलियामा नेपाली समुदाय बिस्तारै सेटल हुँदै जाने क्रम सँगै नेपालीहरुले गर्ने लगानीको धेरै भाग प्रोपर्टी मार्केटमा पनि छचल्किन थालेको छ । विगत केही वर्षहरुमा प्रोपर्टीको भाउ बढे पछि झन् यस्तो लगानी गर्ने क्रम तीव्र हुन थालेको हो ।

सामान्य आम्दानी भएका परिवारले पनि मल्टिपल प्रोपर्टी जोड्न सक्दछन् । बैंकले लोन दिने क्रममा यहाँको जागीर वा बिजनेशको आम्दानी मात्र नहेरी किन्न लागेको प्रोपर्टी भाडामा लगाउँदा हुन आउने आम्दानीलाई पनि विचार गर्ने हुँदा यहाँको ऋण लिन सक्ने क्षमता वृद्धि हुने गर्दछ ।

अहिले यहाँको आम्दानीले ५ लाख डलरको ऋण निकाल्न सकिने रहेछ भने, यो घर किनेकै भोलिपल्ट वा एकैसाथ अर्को झन्डै साढे ४ लाख डलर जतिको लोन निकाल्न सकिन्छ ।

त्यसैले यहाँले किन्न लाग्नुभएको इन्भेस्टमेन्ट प्रोपर्टीबाट आउने भाडाले पनि ऋण लिन सक्ने क्षमताको निक्र्यौल गर्दछ ।यसैगरी, इन्भेस्टमेन्ट प्रोपर्टी किन्नको लागि चाहिने डिपोजिट कि त यहाँ आफैँले सेभिङ गरेको हुनुपर्यो कि त अहिले भएको घरको भाउ बढेको हुनुपर्यो ।

उदाहरणको लागि यहाँले ५ लाखमा किनेको प्रोपर्टीको भाउ १ लाख बढ्यो भने उक्त पैसालाई निकालेर इन्भेस्टमेन्ट प्रोपर्टीमा डिपोजिटको रुपमा प्रयोग गर्न सकिन्छ तर बैंकले पत्यायो र पाइन्छ भन्दैमा जथाभावी ऋणको भारी मात्र बोकेर पनि काम छैन ।

ऋणसँगै ‘फाइनान्सियल लिभरेज हुने भएकोले गर्दा जोखिम पनि बढ्ने गर्दछ । यस्ता जोखिमलाई क्याल्कुलेटेड रुपमा उठाउनु पर्दछ र व्यवस्थापन गर्दै लैजानुपर्दछ ।

उदाहरणको लागि परिवारमा आर्थिक विपत्ति आएको खण्डमा ऋण कसरी म्यानेज गर्ने, घर भाडामा नलागेको अवस्थामा के गर्ने, जागीर फुस्केको

अवस्थामा वा श्रीमतीले बच्चा पाएर म्याटरनिटी लिभमा बस्नुपर्दा के गर्ने जस्ता सम्भावित घटनाव्रmमलाई आँकलन गर्दै विज्ञसँगको परामर्शमा मात्र प्रोपर्टी इन्भेस्टमेन्टको यात्रा तय गर्नु ठीक हुन्छ होला । – नेपालि पत्र बाट

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार