अष्ट्रेलिया :- पोखरा समाज अष्ट्रेलियाको पहलमा अष्ट्रेलियामा ज्यान गुमाएका एकचालीस वर्षीया “राजु गोदार” को अन्त्येष्टिका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ।
१५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गो फण्डमी अभियानमा जोडिएर सहयोग गर्न अष्ट्रेलियाको नेपाली समूदाय, साथीहरूलाई अपिल गरिएको छ ।
यसरी संकलन गरिएको सहयोग रकम नेपालमा रहेका परिवारलाई र साना बच्चाहरुको शिक्षाका लागि समेत उपलब्ध गराईने बताइएको छ।
गोफण्ड मी अभियानबाट संकलित रकमको मुख्य उद्देश्य दाहसंस्कार गर्नुरहेको पोखरा समाज अष्ट्रेलियाले जानकारि दिएको छ ।
यसरी भएको थियो गोदार मृ’ त्यु
गोदार गत वर्ष नोभेम्बर १८ तारिखमा सिड्नीको स्टारफिल्डमा अचेत अवस्थामा भेटिएका थिए । प्यारामेडिक्सहरुले घटनास्थलमा पुगेर प्रारम्भिक उपचार गर्दागर्दै निधन भएको थियो ।
करिब ४ महिनासम्म आफन्त सम्पर्कमा नआएपछि शव अलपत्र परेको थियो ।केही समय अघि मात्रै क्यानवेरास्थित नेपाली दूताबासको पहलमा पोखरामा रहेका आफन्तहरु सम्पर्कमा आएका छन् । ९ वर्ष अघि अष्ट्रेलिया रहेका उनी परिवारको सम्पर्कमा नरहेको बताइएको छ।