मुम्बई :-  हाम्रो संस्कृतिमा आफूभन्दा ठूला लाई नमस्कार गर्ने अथवा खुट्टामा ढोग्ने संस्कार छ । ठिक यही संस्कार बलिउडका कलाकारमा पनि देखिन्छ ।

प्रायस् कलाकार आफ्नो सुन्दरता र फेशन सेन्सका कारणले चर्चामा रहन्छन् भने केही कलाकार आफ्नो संस्कारका कारणले पनि मानिसहरुबीच लोकप्रिय छन् । आफ्नो संस्कारका कारण लोकप्रिय बनेका केही कलाकार यस्ता छन् ।

अक्षय कुमार

अक्षय कुमारले आफ्नो कुशल अभिनय क्षमताका कारण करोडौं दर्शकको मनमा राज गरेका छन् । तर, अक्षय कुमार यसबाहेक उनको संस्कारका कारणले पनि लोकप्रिय बन्न सफल रहेका छन् । उनी प्रायस् आफ्ना अग्रज कलाकारको अगाडि निहुरिएर उनीहरुको सम्मान गर्छन् । उनका त्यस्ता विभिन्न तस्बिरहरु बेला–बेलामा भाइरल भइरहहन्छन् ।

सलमान खान

बलिउडका सदाबाहर अभिनेता सलमान खान पनि आफ्ना अग्रज कलाकारलाई सम्मान गर्नेहरुमध्ये एक हुन् । सलमानले विभिन्न पटक अमिताभ बच्चन, धमेन्द्र र जीतेन्द्र तथा अन्य अग्रज कलाकारको खुट्टामा ढोगेर आशीर्वाद लिँदै गरेको देखिएको छ ।

रणवीर सिंह

अभिनेता रणवीर सिंहले एउटा कार्यक्रममा अमिताभलाई दण्डवत प्रणाम गरेका थिए । उनले उक्त व्यवहारका कारणले अमिताभको मात्र नभएर प्रशंसकको पनि मन जित्न सफल भएका थिए । रणवीर सिंहको उक्त तस्बिर सामाजिक सञ्जालमा अत्यधिक भाइरल भएको थियो ।

शाहरुख खान

शाहरुख खान बलिउडमा बादशाहको नामले पनि चिनिन्छन् । तर उनी पनि आफूभन्दा अग्रज कलाकारको खुट्टामा ढोक्न पछि पर्दैनन् । शाहरुखले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीदेखि अमिताभ बच्चनसम्मको खुट्टा ढोग्ने गर्छन् ।

ऐश्वर्या राय

ऐश्वर्या राय बच्चन परिवारकी बुहारी हुन् । उनी विभिन्न समयमा आफूभन्दा अग्रज कलाकारको खुट्टा ढोग्दै गरेको देखिन्छ । ऐश्वर्याले कार्यक्रमहरुमा अमिताभ बच्चनको खुट्टा ढोगेकी छिन्, जसका लागि उनले अत्यधिक प्रशंसा पनि बटुलेकी छिन् ।

रेखा

अग्रज कलाकारको खुट्टा ढोग्नेहरुमध्ये अभिनेत्री रेखाको नाम पनि समावेश छ । रेखा जब कुनै कार्यक्रममा जान्छिन्, तब त्यहाँ अग्रज कलाकार देखिन् भने उनीहरुको खुट्टा छोएर आशिवार्द लिन्छिन् । उनले एउटा कार्यक्रममा आशा भोसलेको खुट्टा छुँदै गरेको देखिएको थियो ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार